“चड्कन”

 


पुण्यप्रसाद घिमिरे
दाेलखा

बाकाे रिस मैमाथि, घरकाे रिस मैमाथि,
मेलापात घरगाेठ, परकाे रिस मैमाथि।

उचालेर पछार्छिन्, हात समाई लछार्छिन्,
कहिले कान तानेर, कहिले केश बटार्छिन्।

आमा रिसाकाे बेलामा, गल्ती हुन हुँदैन,
माेबाइल हेरेकाेबेला, उनलाई छुन हुँदैन।

सधैँभरि अँधेराे मुख, कहिल्यै जून हुँदैन,
राेयाेभने अझै चड्कन, मैले रून हुँदैन।

रिसाहा आमाकाे मन, मैले बुझ्न गाराे छ,
उजाएर हानी हाल्ने, मेरै गाला ताराे छ।

नाना पापा चाचाभन्दै, पीडा भुल्न लगाउँछिन्
मर्नेगरी चड्काएर, आमा किन फकाउँछिन्।