विष्णु भण्डारी आचार्य
बेलबारी माेरङ
हाम्रो घर अगाडि,
आँपको सानो रुख छ ,
त्यै रुखमा एउटी चरी
गुँड बनाई बसिछे,
गुलेलीले नहान्देउ है,
सिकारी दाइ।
गुलेलीले हान्यो भने,
लाग्छ बचेरालाई।
बचेरालाई लाग्यो भने,
चरीको दिल दुख्छ।
कठैबरा ! बिचरा!
उसको मन रुन्छ।
उसको दुःखी विलौनाले,
मेरो मुटु छुन्छ।