“चापाकल”

166

मधुसूदन घिमिरे

कल कल पानी आउछ
मेराे चापाकल
बल धेरै चाहिदैन
झर्छ कलकल
बाला बुढा सबले तान्ने
हाम्राे चापाकल
अंजुलिमा लिइ हेर्दा
लाग्छ निर्मल।

लुगाधुन पनि हुने
पिउन छ ,निर्मल
आमा दिदी खुशी मान्दै
थिच्छन् चापाकल
सानी बैनी रमाएर
नगरी कन बल
थाेरै मात्र थिचे पनि
पानी कल कल।

धाराे ठूलाे ह्वाल्ल हुने
गाग्री बाल्टी भर्ने कल
ठूलै ट्याङ्की भराै जस्ताे
मेराे चापाकल
गर्मी भयाे भन्दै साथी
पानी खेल्न नगर बल
सफा हुन पिउन पानी
दिन्छ यहि चापाकल ।

नचाहिदाे प्रयाेग गरे
चिसाे गढी गर्छ छल
आवश्यक मात्रा ताने
उपयाेगी चापाकल
पानी धेरै तिम्ले खेले
जलले पनि गर्छ छल।