“चिउरा खाने घैया”


लालबहादुर भुजेल
अध्यक्ष
चाँगुनारायण साहित्यिक समाज, भक्तपुर

भदाै मास मग मग वास्ना
दशैँलाई घैया ;
चिउरा कुटदा ढाडै दुख्याे
लाैन आमा ऐया !

मकै छर्ने बेलामा नै
घैया छर्ने गर्थ्याैँ ;
क्षत्री ओढी घैया गाेड्थ्याैँ
घामकाे शियाल पर्थ्याैँ !

सबै भन्दा ठूलाे चाड
नेपालीकाे दशैँ ;
धान भुटी चिउरा कुटी
निफनेर त्यसै !

घैया धानकाे चिउरा कुटी
बल्ल दशैँ आउँथ्याे ;
गाउँ नै पुरै बसाउँथ्याे
हर्षाेल्लास छाउँथ्याे !

जाँदाखेरि पिङ खेल्न
चिउरा भरि गाेजी;
सबैभन्दा मिठाे चिज
कुन छ अरू राेजी ?

घिराैँलाकाे तिहुनसँग
घैया धानकाे भात ;
जिब्राे पडकाई खान्थ्याैँ हामी
दूध मिसाई साथ !

चिउरासँग दूध हाली
केरा मालभाेग ;
मुछी खाँदा कति मिठाे
हट्थ्याे पिर शाेक !