
पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६, दाेलखा
काेपिला छू फक्रेपछि, फूल बनिदिन्छु,
ताते ताते भित्ताे छाेई, म पनि त हिन्छु।
थाेते थाेती नभन ल , पलाउँछन् दाँत,
पिंढीबाट आँगन झर्ने, आउँछ मेराे आँट।
ठूलाे भई बढेपछि, घरका काम छिन्छु,
आमा बाबा सबैलाई, मैले नाना किन्छु।
काेपिला छू फक्रेपछि, फूल बनिदिन्छु,
ताते ताते भित्ताे छाेई, म पनि त हिन्छु।
भविश्यका कर्णधार, सबै बाबु नानी,
परिवार समाजका, बुझ्छु कुराकानी।
जवान हुँदै गएपछि, अभिभारा लिन्छु,
धरतीका सारा कुरा, पढी परी चिन्छु।
काेपिला छू फक्रेपछि, फूल बनिदिन्छु,
ताते ताते भित्ताे छाेई, म पनि त हिन्छु।





