“चिसो”

सरु शर्मा

घाँटी दुख्दा खेरी
चिसो खान हुन्न
आइसक्रिम किन्नी भन्दै
पसल जानु हुन्न।

जीद्दी गरे फेरी
दुख्छ धेरै घाँटी
आँउछ उच्च ज्वरो
हुन्छ नाना भाँती।

तातो कुरा खाँदै
आराम गरौँ साथी
बिहान को घाम
ताप्दा हुन्छ जाती।

आफैँ थला पर्ने
राम्रो हुन्न बानी
सधैं स्वस्थ रहने
प्रयास गरौँ नानी॥