“चेतना”

131

तुलसी पण्डित

पहाडको सेरोफेरोमा रमाएको चरो एक्कासी शहर पस्दा अत्तालियो । उसले सोचेको थियो । शहरमा कुनै कुराको अभाव हुँदैन। शहर स्वथ्य र शान्त हुन्छ ।
तर शहर साँच्चैको जहर रहेछ । जतासुकै कोलाहल मात्र । ऊ यसो शहर घुम्न अगाडि बढी रहेको थियो । जतासुकै फोहर मात्र थियो । दुर्घन्धले नाकै छेड्ने । दिउँसै तुवालो लागे जस्तो । सास फेर्न निकै गाह्रो हुने । कति शक्तिशाली रहेछन् यहाँका मानिसहरु । यहाँका हरेक दुर्गन्ध पचाई रहेका छन् ।


अल्लि अगाडि बढ्दै गयो ऊ। उसलाई गजव लाग्यो । हरेक दोकानका हरेक मानिसहरु फोहर जति बाटोमा फालि रहेका छन्। उसले त्यहाँ बाटोमा फोहर फाल्ने साहुजीलाई सोध्यो ।
“होइन यहाँ पढेलेखेका मानिस छैनन् ?”
साहु जिल्लियो । उसले भन्यो । “म सरसफाइमा पिएड्डी गरेको व्यक्ति हुम् ।” उसलाई झन् आश्चर्य लाग्यो ।
उसले भन्यो । “हेर्नुहोस् महानगरपालिकाले हरेक् दोकानमा फोहर मलाई भन्ने भाँडो राखेको छ । तर त्यहाँ फोहर छैन । फोहर सबै बिच बाटोमा फालिएको छ ।” साहुजी अन्कनायो । आगन्तुकले गम्भीर हुँदै भन्यो । पढेर मात्र चेतना आउने रहेनछ ।”