
शिव पुन
खजुरा – ३ बाँके
शिवरात्री फागुपछि , चैते दशैँ आयाे
तन मन जन जन , अब खुशी छायाे
शक्ति पीठ पुजा पाठ , देवी भगवती
भन्नु पर्छ मन मैलो , छैन अब कति।
शुक्खा मास हावा हुरी , चल्छ हाेला जब
आग लागि हुन सक्छ , हाेशियार अब
वारि भरि बाली पाक्याे , घर भित्र ल्याउ
असिनाकाे पैराे खस्ला , छिटाे गरि भ्याउ।
एक पिता तीन माता , चार भाइ उनी
एक पत्नी दुई पुत्र , धेरै गुरु पनि
विभिषण हनुमान , राम भक्त थिए
दु:ख पर्दा प्रभुलाई , उन्ले साथ दिए।
छि:छि: भन्ने गर्नु हुन्न, काम हामी त्यस्ताे
हामी पनि बन्नु पर्छ , राम राजा जस्ताे
वाली लङ्के हारे पछि , राजा बने राम
युगै उच्च राख्न सक्ने , गरे त्यस्तो काम।





