“छुनुमुनु”


मनोहरी पौडेल
गैडाकोट १

छुनुमुनु छुनुमुनु हाम्री सानी नानी,
उठ्नासाथ जिउ गर्ने कति राम्रो बानी।
तन्ना सन्ना तन्काएर पलङ चिटिक्कै,
अह्राएका काम गर्छिन् भन्ने बित्तिकै।।

दाँत माझी हातमुख धुने बानी राम्रो,
फोहर मैला सधैंभरि तह लाउछिन् हाम्रो।
बाबा आमा बूढा भए हेर्ने जिम्मा उनको,
सामानहरु छरिएका लाउछिन् थन्कोमन्को।।

कापी किताव झोलाभित्र पाठ सकेपछि ,
बाडीचुँडी खान्छिन् उनी सबलाई थपेपछि।
हाम्री उनी नातिनी हुन् भन्छिन् आमाबाबा,
बाबुआमा नआउन्जेल उनलाई साह्रै धामा।।

पढ्न पनि सिपालु झटपट जवाफ दिन्छिन्,
एक पटक सुने पछि सधैँ मनमा लिन्छिन्।
गाली गर्न किन पर्यो सरस्वती लक्ष्मीलाई,
धेरै ज्ञान सिकी आउछिन् दिनदिनै स्कुल गइ।।

आफ्ना बाबुआमालाई पिर्ने होइन कहिल्यै,
हामीलाई रेखदेख गर्न अह्राउछिन् जहिल्यै।
यस्तै नातिनातिना सबका होउन् भरे,
पिरचिन्ता दूर सबका;हरे! कृष्ण हरे!!!!

श्रोतः नेपाली बालसाहित्य