“जन्म घर”


रामचन्द्र ढकाल

सानो सानो बुकुरो
ढुङ्गे छानो चुचुरो
हुर्की खेली बढेको
कख गघ पढेको!

तेते नुनु गरेको
खाटबाट झरेको
बुबु माम खाएको
मिठो गीत गाएको!

कुखुरी काँ करायो
मुनी पाठो हरायो
चीँ मुसी चीँ खेलेको
खेल्दै उखु पेलेको!

चिबे चरा बारीमा
चुरा पोते सारीमा
भाँडा कुटी रमाइ
हात ताली बजाइ!

बेहुला र बेहुली
लुकामारी झन् डुली
काख बस्थेँ आमाको
जान्थे घर मामाको!

ल्याओ ल्याओ भनेर
भन्थिन् आमै लुकेर
ढुङ्गा छानो भएको
राम्रो घर छ मेरो !!