“जाडाे छ”


पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६ दाेलखा

तिघ्रा लग्लग् गर्दछ
ओठ फरफर गर्दछ
नाक सिगान झर्दछ
जाडाे छहै जाडाे छ।

हातमा भाे नङसिरी
जीउ सिरिङ सिरिरी
शरीर ढाक्नु पर्दछ
जाडाे छ है जाडाे छ।

टाउकाेमा टाेपी लाऊ
न्याना नाना खाेजी लाऊ
रूघा सर्दी सर्दछ
जाडाे छ है जाडाे छ।

सेताे छर्छ आकाश
मधुराे घाम प्रकाश।
आँखा आँसु छर्दछ
जाडाे छ है जाडाे छ।