“जादु”

Cute cartoon girl working in the garden vector illustration. Kid plant a flowers. Girl with watering can vector. Spring gardening. Spring in your step.


सुनिता देवकोटा

अल्छीपना छोडेर
बेला बेला गोडेर
पानी राखिदिए
मल राखिदिए

फल लाग्छ कसरी
जादु गरे जसरी
बिउको पोको फुकाई
आँगनमा सुकाई
हातले साना साना
रोपिदिए दाना
माना हुन्छ कसरी
जादु गरे जसरी
थरी थरी बिउ
फूलका लेउ
रोपिछाडे कुनामा
जादु हुन्छ मुनामा
मुना फूल्छ कसरी
जादु गरे जसरी
पातका खात खातमा
फूलका पात पातमा
बारी ढाक्ने तोरीमा
इन्द्रेणीका डोरीमा
रङ्ग आउँछ कसरी
जादु गरे जसरी।