
शम्भु ढकाल
सूर्याेदय न पा १२ आठघरे , ईलाम
“बाबा ! याे पृथ्वीकाे महादेशकाे नक्सा पहिले कस्ले बनायाे । थाह छ ? “छाेरीले एक दिन चिया खाँदै गर्दा साेधी ।
“खाेज अनुसन्धान गर्ने बैज्ञानिकहरुले पत्ता लगाएका हाेलान नि ।” मैले भने “कस्ले बनायाे ? नामै त मलाई थाह छैन।”
“हजाराै बर्ष अगाडि अनुसन्धान गरेका ऋषिमुनीहरुलाई चै किन बैज्ञानिक नभनेकाे नि ? “उस्ले साेधी।
“उनीहरुले गरेका काम अनुसन्धनात्मक नभएर हाेला ।” मैले भने ।
“हाेईन ।” उस्ले भनी “पृथ्वीकाे नक्सा कस्तो छ भनेर महाभारतमै उल्लेख छ रे । ”
“कस्ले भनेकाे ? “मैले साेधेँ।
“राजा धृतराष्ट्रका सारथि संजयलाई वेदव्यास द्वारा दिव्य दृष्टि प्राप्त थियाे । एक दिन संजयले पृथ्वी र ग्रहकाे वर्णन गर्दै जाँदा राजाले साेधे उसाे भए आकाशबाट पृथ्वी कस्ताे देखिन्छ ?
संजयले भने दुईवटा पिपलकाे पात मिलाएर राखेकाे छेउमा खरायो बसेर हेरि रहेकाे जस्तो देखिन्छ।
यही कथनलाई पछि विद्वानहरुले नक्सामा उतारे । नक्सामा ठ्याक्कै सात महादेश मध्ये छ वटा देखिए। “उस्ले भित्ताकाे विश्वकाे नक्सा हेर्दै कथा सुनाई।
“कस्ले सुनायाे तिमीलाई याे कथा ? “मैले साेधेँ ।
“धन सरले ।”उस्ले भनी ।
“केमा भेटेछन् बुढाले ?” मैले भने ।
“महाभारतकाे भीष्म पर्वमा छ अरे त । वेदव्यासले लेखेकाे । “उस्ले साेधी “बाबा हाम्रो पूर्वीय दर्शनमा यस्ता गहन गहन कुराहरु हुँदा हुँदै हामीलाई किन पश्चिमी विद्वान , आविष्कारक र वैज्ञानिककाे कुरा मात्रै पढाएकाे ?”





