अमिशा शाक्य
कक्षा :10
आस्था विद्या मन्दिर
बनस्थली काठमाडौं।
जीवन हाम्रो बगेको नदीले रोकेर रोकिन्न
कसैले बाधा पुर्याए भने छेकेर छेकिन्न
लक्ष्य छ हाम्रो शिखर चुम्ने साहस गर्नु छ
कालो यो रात किरण बनी उज्यालो छर्नु छ।
कतिले भने जीवन हाम्रो बेकार लाग्दछ
मलाई भने रचना गर्ने अवसर लाग्दछ
जति नै दुःख आउँदा पनि हार म मान्दिन
अँध्यारो पछि उज्यालो छर्न पछि म हुँदिन।
सफल व्यक्ति बन्नको लागि सङ्घर्ष गर्नु छ
घमन्ड त्यागी अगाडि बढी लक्ष्यमा पुग्नु छ
कसैको डाहा कसैको रिस कहिल्यै नगर्नु
अरुको भर परेर आफू बिचल्ली नहुनु।
जीवनको यात्रा उज्यालो भनी ममता छर्नु छ
आमाको आँसु बुझेर मैले पौरख गर्नु छ
ज्ञानको ज्योति संसार भरि अस्तित्व बुझेर
जीवन मेरो सुन्दर भनी अगाडि बढेर।
कसैले दिन्न दुःखमा साथ आफैले बुझ्नु छ
सङ्घर्ष गरी लक्ष्यमा पुगी इज्जत पाउनु छ
बाआमा प्रति सुम्पिई मैले जीवन बाँच्नु छ
गौरव भई संसार सामु हात नै थाम्नु छ।
संसार भर फूलले जस्तै सुगन्ध छर्नु छ
आदर्श यात्रा चलेर ज्ञान आर्जन गर्नु छ
शिक्षाको ज्योति जीवनमा छरि उदार बन्नु छ
कस्तो यो जूनी आफन्त सँगै लडेर बाँच्नु छ।