“जुनकिरी”

लीला केसी

घुम्दै कालो रातमा
नाच्दै आउँछिन् जुन्किरी
चिर्दै घना अँध्याराे
हाँस्दै छाँउछिन् सुनकिरी।

ज्योती छर्दै आँगनी
घुम्छिन् पिँढि मझेरी
कहिले खेतबारीमा
कहिले पुग्छिन् पँधेरी।

कति राम्रो कर्म हो
दानी सानी नानीको
चारैतिर उज्यालो
किरण छर्दै जानिकाे।

तिम्ले जस्तै मैले नि
देखेकाे छु सपनि
तिम्रै बाटो पच्छ्याउँदै
हिडेकाे छु म पनि।

बस मेराे हातमा
खाउँला बाँडि पातमा
अन्धकार मास्नलाई
लैजाउ तिम्रै साथमा ।

ज्ञानै ज्ञानकी खानी पो
हुन् कि क्याहाे गुनकिरी
त्यसैले त आँखाको
नानी भैछिन् जुनकीरी।