“जुन”


दुर्गा पौडेल

हेर हेर आकाशमा गाेलाे गाेलाे जुन
एउटा नाम चन्द्रमा हाे अरु के के हुन ?

न त आउँछ ताताे यस्काे न त घमाईलाे
रात हुन्छ जुनेली त अति रमाईलाे।

रातमा हिड्दा हामीलाई बाटाे देखाउँछ
जहाँ जता पुगेपनि उसले भेटाउँछ।

लुकामारी खेल्छ जुन बादलसँग सधैँ
हेर्दै हिँड्छु यताउता देखिन्छ कि भन्दै।

जब जब आकाशमा जुन देख्छु मैले
मन मेराे दाैडिहाल्छ भेट्न जाउ ऐले ।