कविता “छन्द” By सारथि बाल पत्रिका - July 24, 2025 419 Share Facebook Twitter WhatsApp कोषवल्लभ रेग्मी छन्द रङ्ग हो। छन्द ढङ्ग हो॥ छन्द ज्ञानको मान शान हो॥ छन्द ताल हो। छन्द चाल हो॥ छन्द रागको काव्य माल हो॥ छन्द तन्त्र हो। छन्द यन्त्र हो॥ छन्द रोगको मन्द मन्त्र हो॥ छन्द सप्रिए सुध्रियो गति॥ छन्द बिग्रिए बिग्रियो मति॥