हरिकृष्ण कोरकाली
जूनमामा माथि छन्
तारा उनका साथी छन्
आजै पर्याे पूर्णिमा
उनी आफै साक्षी छन्
जूनमामा माथि छन् ।
जूनमामा माथि छन्
आऊआऊ भन्दै डाक्तै छन्
पढी गुनी ठुलाे भई
जूनमै पुग्ने हाम्राे मन
जूनमामा माथि छन् ।
जूनमामा माथि छन्
शान्त, सीतल, जाती छन्
बाेटविरुवाका लागि त
अमृतकै भाँती छन्
जूनमामा माथि छन् ।
जूनमामा माथि छन्
हावा छैन जूनमा
पानी छैन जूनमा
हाव पानी पुर्याउने
वैज्ञानिक छन् धुनमा
जूनमामा माथि छन् ।