हरि कोरकाली
आज मेरो जून हरायो
कतागयो कता
खोज्दा खोज्दै थाकिसकेँ
लागेन क्यै पत्ता ।
दिनदिनै झन्झन् दुब्लो
दुब्लो हुँदै थियो
थलैपरेछ कि के हो
बेपत्तै पो भयो ।
खोज्न जाउँ भने पनि
निस्पट्टै छ जताततै
यस्तो गाढा अँध्यारोमा
नसकिने जानकतै ।
त्यता छ कि भनी सोधेँ
फोन गरेर साथीलाई
यतापनि छैन भन्छन्
सबै मेरा साथीभाइ ।
उसलाई देख्न नपाउँदा
मनपनि छैन चङ्गा
ऊहुँदा त बग्थ्यो मनमा
आनन्दको न्यानो गङ्गा ।
फूलपनि रमाउँथे
आकाशमा ऊ भैदिँदा
जडीबुटी फस्टाउँथे
उसले आई छोइदिँदा ।
अचानकै आजकिन
विर्षिदियो सबैलाई
भुलहो भने सच्याउँला
भोलि आफैँ फर्की आई ।