घनश्याम रेग्मी
असल कर्म गरेमा
मानव भाव भएमा
असली बीउ छरेमा
फुल्नेछ फूल भरेमा।
कर्ममा शक्ति लाएर
सिक्न छ सीप धाएर
क्या मिठो बास्ना छाएर
नाचौँला गीत गाएर।
भावना उच्च राखौँला
स्वादिलो फल चाखौँला
देवी देउता थापौँला
भक्तिले शक्ति भाकौँला।
देशको भलो सोचियोस्
न्यायको बाटो रोजियोस्
गरीब दुखी सोधियोस्
हामीमै खुसी खोजियोस्।
कर्ममा लाग नेपाली
समय व्यर्थ नफाली
जाँगर जोस निकाली
बढ्नु छ हामी नेपाली।