ज्ञानी र मूर्ख


देवराज कार्की मिलन
सुह बिराटनग

कुनै समय दुईटा गधा एउटा गाउँमा बस्दथे। गाउँको मुखियाले एक दिन दुबै गधालाई बोलायो र भन्यो” म सँग सामन छ त्यो टाढाको बस्तिमा पुर्याउन पर्यो। तिमीहरुको ज्याला म राम्रोसँग दिन्छु।” जादा सामान लिएर जाओ आउँदा रित्तै आउनु। उताबाट सामन ल्यायौ भने त्यो ज्याला पनि तिमीहरू नै लैजानु।” कुरो सुने पछि गधाले भने, “हुन्छ हामी काम गर्न तयार छौँ।”
मुखियाले बोलाएको दिन उनीहरु सामान लिन गए। मुखियाले आफ्नो गोदाममा लग्यो र सामान उनीहरुको पिठ्युँमा मिलाएर बाँध्यो। एउटाको पिठ्युँमा नुनको बोरा राम्रोसँग कसकास गर्यो। अर्को गधाको पिठमा रुइको भारी पनि राम्रोसँग डोरीले कसकास गर्यो। मुखिया सँग बिदा भएर गधाहरु सामान पुर्याउने अर्को गाउँतिर हिडे।
बाटोमा एउटा ठुलो खोला आयो। त्यसको माथि कच्चा काठको पुल थियो। नुन बोक्ने गधा पुल कमजोर छ भनेर सोच्दै पुलमा उक्लियो । पुलमा अलि अगाडि बढेको थियो पुलको काठ भाचिएर गधा पानीमा झर्यो। बोराको नुन भिज्यो र पग्लिएर पानीमा बग्यो। गधा पानीबाट निस्कदा आधा मात्रै ननु बोरामा थियो। गधाले निक्कै हल्का महशुस गर्यो। अर्को गधाको भारी धेरै देखिए पनि रुइ हल्का थियो। उसले राम्रोसँग पुल तर्यो। पुलको काठ भाँचिएन। पारी पुगेर नुन बोक्ने गधालाई रुइवाला गधाले भन्यो, ” निकै दु:खद काम भयो। पुल भाँचिएर झर्यौ नि। पानीले भिजेर अझै गरौँ भयो होला भारी ?”
नुन बोक्ने गधाले हाँस्दै भन्यो, “हैट मित्र यो भिजे पछि त मलाई आधा हल्का भयो। मलाई त खोलामा खसेको राम्रो पो भयो। हेर त कति हल्का!” ननु बोक्ने गधा हाँस्दै बोल्यो।
रुइ बोक्ने गधाले सोच्य्यो – म किन पुल भाचिएर नझरेको होला। पानीमा डुबेको भए मेरो पनि भारी हल्का हुनेथियो उसको मनमा कुविचार आयो।”आखिर मुखियाले देखेको छैन म पनि पुल भाचिएर पानीमा खसे भन्छु।” यति सोचेर रुइ बोक्ने गधा पानीमा हाम फाल्यो। केही छिनमा पानी बाहिर निस्क्यो। रुइ पानीले भिजेर अधिको वजन भन्दा दोब्बर गह्रँ भयो। दुबै गधा सोचाइमा डुबे। एउटा भारी पानीमा डुब्दा आधा हल्का भयो अर्को भारी पानीमा डुब्दा दोब्बर गह्रौँ भयो। गधा न हुन् कुरोको चुरो निस्किएन। दुबै भारी बोकेर अर्को गाउँ तिर लागे।
अर्काको कुरो सुन्ने बित्तिकै आफ्नो निर्णय बदल्नु हुँदैन । अर्काले जे गर्यो त्यो गर्नु हुँदैन आफ्नो बुद्धिको प्रयोग गर्नु पर्छ। नत्र दुःख पाइन्छ। कुरो त्यही भएन त ?