राधा आचार्य
बुटवल,रुपन्देही
आऊ चरी आऊ चरी
आँगनीमा आऊ
छरिएको चारो
टप्प टिपी खाऊ।
यताउता हेरेँ मैले
देखिनँ पहिले
आइपुग्यौ धन्न
टुप्लुक्क अहिले।
एकछिन सोचेँ मैले
आज आउन्नौ कि
फेरि सोचेँ मलाई
भुल्न पाउन्नौ कि
आयौ चरी आयौ
खाएर अघाऊ
छरिएको चारो
खाई भोक भगाऊ।
आऊ चरी ….
…………..
छरिएको …..
………… खाऊ।