“टुकी”

155

रामप्रसाद पन्थी
रेसुङ्गा न.पा. २ गुल्मी

कहीँ कुपी नाम मेराे काेही भन्छन् टुकी
अन्धकार हटाउने थियाे मेराे खुबी।
मट्टीतेल सँग थिएँ सलेदाेकाे साथ
उज्यालोले भरिपूर्ण पारिदिन्थेंँ रात।
डिबिया र ढिब्री आज कतै देखिदैनन्
पेट्राेमाक्स लालटिन कतै भेटिदैनन्।
विजुलीले मेटिदियाे हाम्राे कामकाज
मानिसले भुलिसक्याे हाम्राे नाम आज।
सजाएर राखे पनि हाम्राे मन बुझ्थ्याे
मिल्काउँदा चित्त दुख्यो नत्र किन दुख्थ्याे?


नयाँ पुस्ता अनभिज्ञ भए हामी देखि
प्रविधिले हामीसित झार्न लाग्याे सेखी।
मैनबत्ती पनि माैन हुन थालिसक्याे
दियालोकाे जमानाले नेटाे काटिसक्याे।
खेद छैन तर कत्ति धेरै काम दियाै
जमानामा हामी सबै घरघरै थियौँ।
इतिहास खाेजी हेर शब्दकाेश भित्र
मानिसका थियौं हामी भलाे गर्ने मित्र।
आफ्नो कथा आफैं लेखें पिर बेथा पाेखेँ
आफ्नो काम मनभित्र तराजुमा जाेखेँ।