कृष्ण बोहरा
त्रिपुरासुन्दरी,६ सिन्धुपाल्चोक
देशभर डडेलोको प्रकोप थियो।विशाल विशाल जंगल समेत डढेर नष्ट भएको थियो। भुस भुसे मात्र उम्रने भीर देखि बाक्ला जंगल र डाडाको शिर सम्म आगाको लप्काले छोडेको थिएन। कति किरा फट्याग्रा मरे, कति पशु पंक्षी मरे लेखाजोखा थिएन। धुवाँको मूस्लो आकाशतिर गएर वायु मण्डल पुरै प्रदुषित थियो। बुढाबुढी र रोगीका फोक्सामा श्वास फेर्न कति समश्या बनायो। ठिटा ठिटीलाई पनि फोक्साको रोग देखापरिरहेछ। पर्यावरणीय चेत भएर होला बस्नेत जेठो डडेलोले ल्याएको असर बारे बोलीरहेको थियो।
रन्जित बिस्वकर्माले थपे, ” त्यसो त देश भर कतीका घर गोठ जलेर नष्ट भए। मानवीय क्षति पनि कति भयो कति ? वर्षेनी डडेलो सारा प्राणीको काल भएर आईदिन्छ। ”
कार्की कान्छो भन्छ्न, ” सरकार भन्छ हाम्रो उद्धार जारी छ । न डडेलो लगाउनेको खोजी गर्छ , न डडेलो नियन्त्रण गर्नेलाई स्याबासी दिन्छ। न कुनै कार्यबाही कसैलाई हुन्छ। डडेलो लगाउनेलाई लगाउन दिने, डडेलो नियन्त्रणको प्रयास नगर्नेलाई कारबाही नगर्ने ब्यवस्थाको नाम नै लोकतान्त्रिक गणतन्त्र हो कि क्याहो ?”