डुल्न फिर्न हिँडे म

डा. छायादत्त न्यौपाने

हाम्रो घरबारीमा
फलहरू फल्दछन्
फल बाेटभरिमा
चराहरू बस्दछन्

पुतलीकाे हुल
त्याे फुर्रफुर्र नाचेकाे
माहुरीकाे हुलले
फूल रस चाखेकाे

रुख रुख चरीले
गुँड बनाइरहेकाे
त्यै गुँडमा बसेर
मिठाे गीत गाएकाे

चरी गीत सुनेर
छिटाे छिटाे उठेँ म
हात मुख धाेएर
डुल्न फिर्न हिँडेँ म।