
दिपक बाला
एक सानो गाउँ थियो, जहाँ रामु नाम गरेको एक गरिब किसानको छोरो बस्थ्यो। उसका बुवा पनि किसान थिए र जीवनभर खेतबारी जोतेर परिवार पाल्ने गरेका थिए। रामु सानैदेखि बाबुसँग खेतमा काम गर्न जान्थे। पढाइको इच्छा त हुन्थ्यो तर घरमा आर्थिक अवस्था निकै कमजोर थियो।
एकदिन रामुले स्कूलको पर्खालबाट भित्र हेर्यो। भित्र शिक्षक शिक्षार्थीलाई पढाउँदै थिए। त्यो दृश्यले रामुको मन छोयो। उसले आफैँसँग भने, “म पनि एकदिन पढ्नेछु, किताब बोकेर हिड्नेछु, अनि अरूलाई पढाउनेछु।”
तर वास्तविकता फरक थियो। ऊ १२ वर्षको हुँदा बाबु बिरामी पर्यो। परिवार पाल्न जिम्मेवारी रामुका काँधमा आयो। ऊ ढुंगा फोर्ने काम गर्न थाल्यो—सडक निर्माणको काम, भल बगाउने काम, घाम-पानी सहँदै दिन बिताउँथ्यो।
तर त्यो सपना—पढ्ने र पढाउने—उसको मनबाट कहिल्यै हराएन। रात परेपछि घरमा साना भाइ बहिनीहरूलाई पढाउँथ्यो, अनि आफैँ पनि अँध्यारोमा टुकीको उज्यालोमा अक्षर चिन्ने अभ्यास गर्थ्यो।
समय बित्दै गयो। रामुले आधारभूत शिक्षा पुरा गर्यो। कामको सँगसँगै पढाइ पनि अगाडि बढाउँदै लग्यो। अन्ततः धेरै प्रयास पछाडि ऊ गाउँकै सरकारी स्कूलमा “शिक्षक” नियुक्त भयो।
आज गाउँका बालबालिकाले उसलाई “रामु सर” भनेर सम्मानपूर्वक बोलाउँछन्।





