
सुनिता देवकोटा
क लाई पनि ख नै भन्ने ,
ख लाई ख नै भन्ने
यसरी त कसोगरी होला
अंक गन्ने
च च च च चरा भन्छु
खरा खरा भन्छ
मेरो भाइको तोते बोली
सबलाई मिठो बन्छ
आँगनीका ढुंगा भरी
क ख ग घ केर्छु
चित्र बनाइ सिक्छ कि त
त्यो नि गरि हेर्छु
दिनै भरी सिकाएर
सोधे पनि भोलि
कहिले पनि सक्किएन
उसको तोते बोली।





