“दर”

रामप्रसाद पन्थी

दर खान हिड नानी भन्नुभयाे आमाले
पुतलीझैं भए म त नयाँ जामाले ।

नयाँ जामा लाएर आमा छाेरी भएर
दर खान भनी हिड्याै चट्ट लाएर ।

हिड्दै थियाैं बाटाेमा पानी पर्याे दरर
माथिबाट पैह्राे झर्याे गर्दै हरर ।

गाडी पनि गएन हिड्नलाई गाराे भाे
मामाघर पुग्नलाई निकै साराे भाे ।

पुग्दै थियाै मामाघर झिस्मिसे त्याे साँझमा
चिप्लिएर लडें म त बाँसको गाँजमा ।

हिलै हिलाे भएछ लगाएकाे जामा नि
दर खान हिडेकाे बेहाल भयाे नि ।