
पुण्यप्रासाद घिमिरे
बैत्यश्वर- ६, दाेलखा
वर्षा ऋतु गएपछि, शरद ऋतु जाग्याे
आकाशकाे झरी मेघ, अब कता भाग्याे।
गाउँ घरमा राेटे लिङ्गे, पिङ बन्न लाग्याे,
कान्छी ओैंला रमाई भन्छ, दशैँ आयाे आयाे।
साईँली ओैँला खुशी हुन्छे, खाउँला पिउँला,
माझी ओैँला दिक्क मान्छे, कहाँ पाउँला।
चाेरी ओैँला फ्याट्टै भन्छ, चाेरी ल्याउँला,
बुढी ओैँला घत् भन्छ, म त छुट्टै बसूँला।
हत्केलाले भन्न थाल्याे, कमाई खाउँला,
चाेर्ने छल्ने कुरा नगर, जेलमा जाउला।
बजार गई राम्राराम्रा, नाना किनी ल्याउँला,
मामा घर मान्यवरकाँ, टिका थाप्न जाउँला।





