दसैँ

हिमा आर.सी

” किन ? झोक्राएको बुढा ”
मनमायाले भनिन्।
सबैको घरमा मिठो खानेकुरा पाकेको छ होला।मैले भने छोराछोरीलाई पेटभरि खुवाउन सकेको छैन दसैँमा अरुले जस्तै राम्रो लगाउन खोज्नलान् कसरी उनीहरूका इच्छा पुरा गर्न सकिएलार खै ? ”
बिरमानले आफ्नो श्रीमतीसँग गुनासो पोखे
” सकेको जति तपाईंले पनि परिवारको लागि गरि त रहनु भएको छ कुनै दिन हाम्रो घरमा पनि खुसी आउला नि ” मनमायाले बिरमानको घाउमा मलम लगाउँदै भनिन्।
“आमा दसैँ कस्तो हुन्छ? ”
नजिकै बसेकाे छोराले अनजान बनेर सोध्यो।
अघिसम्म सान्त्वना दिएकी मनमाया छोराको यस्तो प्रश्न सुनेपछि मन खिन्न बनाउदै भनिन्।
“धनीलाई रंगि बिरंगीको हुन्छ होला हामी गरिबको दसैं एउटै रंगको हुन्छ बाबु। “