“दाजु बहिनीको माया”

किशोरी श्रेष्ठ र रिया गुरुङ
कक्षा : ९
ईशानेश्वर माध्यमिक विद्यालय
मध्यनेपाल नगरपालिका-६
भोर्लेटार, लमजुङ

कहिले दाइले कहिले मैले खाना पकाउँछु
बिहान बेलुका दाइलाई मैले काममा सघाउँछु
भन्नुहुन्छ धेरै पढी अघि बढ्नुपर्छ
इमान्दार भएर सधैँ पढ्नुपर्छ

मेरो दाइ चुल्बुले र नक्कले छन् तर
ऐना हेर्दै भन्छन् जहिल्यै मझैँ हिरो को छ र
दुबै जना गीत गाउँदा दाजु छम्छम् नाच्ने
भाइ पनि खुसी हुँदै मुसुमुसु हाँस्ने

मिठा खानेकुरा देखे दौडी दौडी आउँछन्
आफू गल्ती गर्छन् अनि बैनीलाई लाउँछन्
सबैभन्दा ठुली दिदी साह्रै नै छिन् बाठी
दाजु पनि टाठा आफै तर बैनी लाटी

घर भको दाजु पनि कमाउनलाई गए
दाजु जाँदा म पनि त धेरै दुःखी भएँ
छिनमै झगडा छिनमै मिल्छम् हामी दुबै जना
जति टाढा भएपनि धेरै सम्झना !