सरिता पराजुली
चन्द्रागिरि-१५,काठमाडाैं
वर्ष नाै र दसका दुई दाजुभाइ घरबाट विद्यालय जाँदै थिए । बाटाेमा मैले हिजाे गृहकार्य नगर्दा दिनभरि विद्यालयकाे चाैरमा कुखुरा बन्नु पर्याे। आज त विद्यालय नजाऔँ संगीत भन्दै लयले प्रस्ताव राख्याे । लयकाे प्रस्ताबमा सङ्गीतले पनि सहमति जनायाे। दुबै दाजुभाइ विद्यालय तिर नलागेर खाेलातिर लागे। झाेला र लुगा खाेलाकाे किनारमा राखेर खाेलाभित्र पसे। दिनभरि माछाभन्दै भ्यागुताकाे साना साना बच्चा समातेर याैटा प्लाष्टिकमा जम्मा गरे । त्यसलाई पनि किताबकै झाेलाभित्र राखे। जब चार बजेपछि अरू विद्यालयबाट फर्केकाे देखे तब उनीहरू पनि पछि पछि लागेर घर फर्किए। दिनभरिकाे पाैडी खेलाइले दुबै जना थाकेर लखतरान थिए । ओठ मुख निलाे भएकाे थियाे। दुबै घरमा पुगे। आमाले खाजा दिइन् । उनीहरू दाजुभाइ खाजा खाँदै थिए। आमाकाे आँखा किलामा झुन्ड्याएकाे झाेलामा पर्याे । झाेला भिजेकाे थियाे । झाेला निकालेर हेर्दा झाेलाभित्र किताबमात्रै हाेइन भिजेकाे भित्री लुगा र एउटा सानाे प्लाष्टिककाे पाेका पनि थियाे। आमाले साेधिन् -“याे के हाे ?”जवाफमा उत्तर आएकाे थियाे -“माछा ।”त्याे माछा नभएर नभएर भ्यागुताका साना बच्चा थिए । आमाले कुरा बुझिहालिन् र भनिन् -“आज पनि तिमीहरू विद्यालय गएनाै हैन ,पख भाेलि म आफैँ पुर्याउन जान्छु र याे सबै कुरा सर ,म्याडमहरूलाई भनिदिन्छु ।”
आमा निकै रिसाएकाे र अप्ठेरामा पर्ने महसुस गरी दुबैले अबदेखि यस्ताे गर्दैनाै भन्दै रूँदै क्षमा याचना गरे। आफूहरूले गल्ती गरेकामा पश्चात्ताप पनि गरे।