“दुःखमा बाबा लुकाई आँसु”


कृष्णप्रसाद खनाल

दुःखमा बाबा लुकाई आँसु,शिर हाम्राे ठडायौ।
न भाेकाे राख्यौ न नङ्गाे राख्यौ, न डाँडा कटायाै।।
पसिना झार्दै दश नङ्ग्रा ख्याई, दु:खले बडायौ।
जाेतेर हलाे खनेर खाेरिया,हामीलाई पढायौ।।

बिष्णुकाे अवतार ए बाबा हजुर हुर्कउने बडाउने।
यस्ती हुन् आमा फुल सुवास् छरि,याे धर्ति अडाउने।।
भविष्य हाम्राे छामेर दिन रात, स्कुलमा पठायौ।
न भाेकाे राख्यौं न नङ्गाे राख्यौ, न डाँडा कटायाै।।

कम्भरमा बाबा पटुकि बाँधि,मेला पात गएर।
सन्तानलाई खुसि देखाउन,आमा पृथ्वी भएर।।
दुःखले मायाँ गाँसेर बाबा,धर्तिमा मै अडायाौ।
न भाेकाे राख्यौ न नङ्गाे राख्यौं ,न डाँडा कटायाै।।

बाबा र आमा नेपालमा,छाेडि, पर्देशमा जाँदैछु।
फर्केर आउने पशुपतिनाथकाे कसम म खाँदैछु।।
न रुनु बाबा दिन रात सम्झि,जाहाँ मलाई पठायौ।
न भाेकाे राख्यौ न नङ्गाे राख्यौं , न डाँडा कटायाै।।