दुर्गा तिवारी राजन
काठमाडौं
दु:ख यता उता,कहाँ -कसलाई आफ्नाे जालमा पारुँ भन्दै भाैतारी रहेकाे थियाे। अचानक उसको भेट सु:खसँग भयाे। दु:खले याे अप्ठ्यारो कसलाई भनाैँ भन्ने सोच्दै थियो त्यसैबेला उसले सु:खसँग उसको कुरा राख्ने बिचारले सु:खलाई प्रश्न गर्यो।
तिमी त कति भाग्यमानी छाै! मानिसहरु तिमीलाई पाउन धाेका,झुट,चाेरी,घुसखूरी कति धेरै नराम्रो काम गर्छन। सु:खले मलिन स्वरमा खिस्स हाँस्दै दुःखलाई भन्यो ! मित्र म कदापि भाग्यमानी हुँदै हैन?
तब दुःखलाई सुःखकाे भनाइमा हैरानी महसुस भयाे। दु:खले भन्यो, यस्तो कहीँ संम्भव हुन्छ र? सु:खले इमानदारीका साथ भन्योः मानिसहरु रात दिन खटेर गिट्टी, बालुवा ,ढुंगा कुटेर भाेक निन्द्रा नभनी काम गर्दा त मलाई पाउन सकेका छैनन् म कसरी भाग्यमानी ठहरिन्छु । झन इमानदारीमा मलाई पाउन गार्हो छ। दू:खमा सबैले! मित्र ,आफन्तलाई सम्झिन्छन ।