
अन्जु शर्मा
रातोपुल काठमाडौं
“ट्याङ्कीमा पानी भरिएर गयो । पानी बन्द गर नाति “! हजुरबाले आदेश दिनुभयो।
“यहाँ गेम हेरिरहेको छु”। कस्तो किचकिच। हुनत:यी बुढालाई पानीको, बत्तीको,किन चिन्ता गर्नुपरेको होला ?किचकिचे बुढा ! नाति- “गोल !गोल !! “मोबाइलमा घोप्टियो।
“बुहारी! चिया खान मनलागेको थियोे ! “पकाउने बेला भएन् ?” हजुरबाले जिज्ञासा राख्नुभयो।
बुहारी झर्केर ,हैन ! म यो घरको नोकर हुँ ? मनलागे पकाएर खाए भैगो त !”मोबाइलमा घोप्टेर हाँस्न थाल्छे । हजुरबा मनमनै आफ्नो पीडा अनि बुहारी र नातिको बदमासी आफ्नो छोरो अफिसबाट आउनासाथ सुनाउँछु ; अनि घरको वातावरण फिर्ता ल्याउछु भनेर बैठकमा झोक्राएर बसिरहनुभएको थियो।
छोरा अफिसबाट आउँदाआउँदै -“बा! हजुरको गाउँ जाने प्लेनको टिकट लिएर आएको छु । पशुपति र दक्षिणकाली भोलि छुट्टीको दिन घुमाइदिन्छु।”
हजुरबा छक्क पर्दै ” मत एकमहिना बस्ने विचारमा आएको थिएं । एकचोटि यो सबै शरीर चेक गर्ने रहर थियो ।”
“फेरि फेरि गरौँला बा ! अहिले म धेरै तनावग्रस्त भएँ। घर परिवारका मान्छे परतन्त्र स्विकार्दैनौं भन्छन् !





