
डा छायादत्त न्यौपाने
डाँफे नाच्ने देश याे
मयूर पङ्ख फिँजाउने
हिउँचुलीकाे लहर
तराई धान झुलाउने
घुम्ने फिर्ने रहर
डाँडापाखा चरन
सेता अग्ला हिमाल
पहाड घाँसे मैदान
भञ्ज्याङहरू रमाइला
शीतल हावा सरर
हाम्रो सान झन्डामा
चन्द्र सूर्य फरर
सिर्जनाको लहर
चलाइदिने नेपाली
झरना भर्ने सङ्गीत
भाका हाल्ने काेयली
फूलै फूलकाे बगैंचा
थुँगै थुँगा एउटै हार
पौरखले सजाउने
हाम्रो आफ्नै साझा घर।





