
अम्बिका शर्मा माइली
पढ नानी पढेर ठूलो हुनुछ,
कखगघ सिकेर ज्ञानी बन्नुछ।
तोते तोते बोलिले बोल रमाई,
हिँड सधैँ ठुलाको हात समाई।
मुँसुमुँसु हाँसेर जित्नु संसार,
परि आए दुष्मन गर्नु संहार।
हाँसीहाँसी देशको रक्षा गर्नुछ,
प्रेम रुपी प्रकाश तिमीले छर्नुछ।
कर्णधार देशको तिमी बन्नुछ,
गर तिमी सुकर्म नामी हुनुछ।
तिम्रो सबै धरती तिम्रै आकाश,
जुन तारा भएर छर प्रकाश ।।





