
उमानाथ दाहाल
“दुई थुँगा फूल लिएर आएको देखेको खुब बलि दिएँ भनेर धाक लगाउँछ।” समूह मै हरिले सूर्यलाई शब्द बाण प्रयोग गर्यो।
सूर्यले हरिको कुरामा ध्यान दिएन। उसले आफ्नै कुरालाई अघि बढाउँदै भन्यो- ” बलि चढाउँदा आएको कतै म्याँ, कतै च्याँको दर्दनाक आवाजले मेरो मुटु धेरै दुख्यो। ऊ एकछिन रोकियो र बोल्यो- “तर मैँले शान्तिपूर्वक बलि चढाएँ ।” सूर्य खित्त हास्यो र बोल्यो – ” कस्तो हो शान्तिपूर्वकको बलि भनेको?”
सबैले हरिको अनुहारमा हेरे। हरि आफ्नै पारामा ठुलो आवाज निकालेर भन्दै थियो – ” आइन्दा तपाईँहरू सबै मेरो तरिकाको बलि दिने गर्नुहोस् जसबाट सारा प्राणीको कल्याण हुनेछ र संसार एउटा प्रेमालय बन्नेछ।”
हरिको यस्तो कुरा सुनेको समूहले एकैसाथ उसलाई प्रश्न तेर्स्यायो – ” कस्तो हो त तपाईँको तरिका? तपाईँले कसरी र के बलि चढाउनु भयो ?”
हरिले स्पस्ट पार्दै भन्यो – “मैले म भित्रको इर्ष्या, डाह, लोभ , स्वार्थ्य र नकारात्मकताको एकमुस्ट बलि चढाएँ।”





