मनोहरि भट्टराई
पहिले यो काठमाण्डू खालडोमा बस्ने सहरियाहरू पहाड़तिरबाट आएका मानिसलाई पाखे भन्थे भने तराई मधेसबाट आएकालाई मदस्या भन्ने गर्दथे । तर आफुहरू चाहि कोठामै कोपरामा हगेर कौशिबाट बाटोतिर फुत्त फालथे रे। अनि बटुवाको जिऊभरि लागेमा आँखीझ्यालबाट चियाएर मरीमरी हांसथे रे।
शौचालय बनाऊने चलन थिएन । दिसा पिसाव लागे खोला खेतबारी झाड़ी जङ्गलतिर लोहोटा बोकेर जान्थे ।
अहिले युरोप अमेरिका गए जस्तो थियो नेपाल तिरको यात्रा । हप्ता दुई तीन हप्ताको हिंड़ाई पछि मात्र नेपाल पुगेर पशुपतिनाथको दर्शन गर्दथे । काठमाडौं, पाटन र भक्तपुरलाई नेपाल भन्ने चलन थियो पहिले ।
नेपालमा तीनधारा पाठशाला ,दरवार हाईस्कूल त्रिचन्द्र कलेज र त्रिभुवन विश्वविद्यालय भरखरै खुलेका थिए । अलि बढ़ी पढ़न चाहनेहरू बनारस र बृन्दावनतिर जाने गर्दथे । फरकेर आएपछि पण्डित बनेर पुराण बाचन गर्दथे भने अली कम पढ़ेकाहरू चाहि पुरोहित बनेर कर्मकाण्ड ग़राउँदथे ।
अंग्रेजी शिक्षालाई गाइखाने विद्या भनिन्थ्यो । बाहुनक्षेत्रीले अंग्रेजी पढ्यो भने जात जान्छ भनिनथ्यो । लामो यात्रा गरेर घर आऊँनेले गोदान गरेर मात्र घरभित्र प्रवेश पाउँथ्यो ।
तराईतिर नेपाली पैसा चल्दैनथ्यो। भारु मात्र चलदथ्यो । नेपालकै एऊटा ज़िल्लाबाट अर्को ज़िल्ला जान भारतको रेल चढ़नु पर्दथ्यो ।
नेपालका गाऊँतिर खरले छाएका र शहरतिर झींगटीले छाएका घर हुनथे । अलि धनिका घर चाहि खपड़ा टालीले छाएका हुन्थे ।
पुरुषले दौरा सुरुवाल इस्टकोट धोती कछाड र लगौटी लाऊँथे महिलाले गुन्यूँ चोली फ़रिया चौबंदी लाउँथे । मजेत्रो ओढ़थे । खांड़ीले बनेको लूगाको चलन थियो । केटाहरूले पाईन्ट सर्ट लाएमा गाली गर्दथे बूढ़ाहरूले । चुलामा कपड़ा खोलेर भात भानसा पकाउँने र खाने चलन थियो ।
धानको भात ,मासु चिऊरा विशेष पर्व र दशैं तिहारमा मात्र खान पायिन्थ्यो । अरु बेला मकैको भात बढ़ी चलथ्यो । बोकालाई खसी र बहरलाई गोरू बनाऊने तरिक़ा चाहि बिजोग खालको नै हुनथ्यो ।
छोरा छोरीको १०/१२ वर्षमै बिहा गरिन्थ्यो । बेहुला र बेहुली पक्षका मानिसहरूको रातभरि श्लोक हालेर दोहोरी चलथ्यो । ३०/४० वर्षमैं युवा युवतीहरू हजुरबाऊ आमा बनथे । सप्ताह पुराण र अन्य धार्मिक कार्यक्रममा आजकलको जस्तो तड़क भड़क हुँदईनथ्यो । तराईतिर सरस्वती पूजा र दशैंमा नाटक खेलिनथ्यो ।
पहाडतिर पानी लिन जाने पंधेरा र खोला अलि टाढा हुन्थ्यो भने तराईतिर मधेसमा हातेकल ईनार र पोखरी हुन्थे । सम्म परेका फाँटमा खेतबारी हुने , जंगलका खोरिया फ़ण्डेर जग्गा आबाद गर्न पाईने हुँदा पर्बतेहरू तराई बसाई सरी जाने चलन व्यापक थियो ।
पहिले सासाना रोगले पनि मानिस मर्ने गर्दथे । सामान्य रोग झाड़ापखला ,औलो मलेरिया ,टीबी टाईफ़ाईड ज्वरो , दादुरा बिफर, न्यूमोनिया आदि रोगले पनि मानिस मर्ने गर्दथे । हरिताल (फ़ूड प्वाईजिन) भएर पनि मानिस मर्दथे ।एलोपेथिक दबाई र सर्जरीको चलन थिएन ।
२०२० साल अघि नेपालीको औशत आयु ३६ वर्ष मात्र थियो अहिले ७२ वर्ष छ । रेडियो टीभी थिएन । सूकीला मुक़िला पाहुना आएर जे जे सुनाऊँथे तेही पक्का समाचार हुन्थ्यो ।
समाजमा बाल विवाह ,बहु विवाह सामान्य थियो भने १२/१५ जना सन्तान जन्माएर ड़ाड़ापाखा ढाकुन भन्ने चाहना राखिन्थ्यो ।
तराई मधेसतिर मच्छडले टोकेर मलेरिया ज्वरोले मानिस धेरै मरेकाले अमेरिकाले डिडिटी झोल छर्किने योजना सुरु गरेपछि औलो नियंत्रण भयो । अमेरिकी पिसकोर सेवा पनि प्रभावकारी थियो ।
भारतको सहयोगमा त्रिभुवन राजपथ र रूस अमेरिका बेलायत जापान चीन आदि देशको सहयोगमा महेन्द्र राजमार्ग पृथ्वी राजमार्ग, अरनी र सिद्धार्थ राजमार्ग बनेपछि नेपालभरि यातायातको पहुँच भयो र ढाकर यातायात कम हुँदै गयो । ढाक्रेले ढाकरमा सामान बोकेर ठाउँ ठाउँमा पुर्याउँथे। अरुले चाहि कुम्लो बनाएर सामान बोक्थे । मधेसतिर टाउकामा सामान बोक्थे या बयलगाढामा लगिन्थे ।
सावुनको चलन थिएन ,रिट्ठाले लूगा घुने गरिनथ्यो , खरानीमा कपड़ा पकाएर ढुङ्गामा पछारेर धोइन्थ्यो। सार्कीले सिएको छालाको जुत्ता लाऊँने चलन थियो । दशैंमा १०/१५ दिन अघिबाट दमई कहाँ लुगा सिउने चटारो हुन्थ्यो भने कामीलाई खुकुरी ,चुलेसी ,कर्द अर्जापन दिने हतारो हुनथ्यो । सबैतिर पसल दोकान थिएनन् । चिया कफी चिनीको पनि चलन पनि थिएन ।
वर्षमा एक दुई पल्ट लुगा फ़ाटो मट्टीतेल नुन मसला किन्न मधेसका बजार जाने चलन थियो । लामो यात्रा गर्दा सातु ,सामल कुराऊनी बोकेर जाने गर्दथे । बाटोमा पर्ने भनज्याङ चौतारी पाटी पौवामा बास बस्थे र सिन्की गुन्द्रुक तामा मसेऊरा पकाएर भात खाने गर्दथे । नदीहरूलाई देवी मानेर पाठीको बलि दिएर मासु प्रसाद खाने गरिन्थ्यो । आदि। अस्तु ।