पुतलीकाे नाना

हरि काेर्काली

आमा! मेरी पुतलीकाे नानै फाटेछ
मुसाले नै हाेला हेर्नुस जम्मै काटेछ।
राेइरहिछ फकाउनलाई कस्ताे गाह्राे भाे
नयाँ किनिदिनै पर्ला खप्नै सारेा भाे।
आजै हजुर बजार जाँदा किनी ल्याइदिनू
छानीछानी राेजीराेजी राम्राे ल्याइदिनू।
हजुर आउँदा ल्याइदिनू म फकाई राख्ने छु
जसाेतसाे थामथाम थुमथुम अड्काई राख्ने छु।
नत्र रुँदै रातैभरि खप्नै नदेली
रुन पनि कति सक्छे सुत्नै नदेली।
आमा मेरी पुतलीकाे ……।