तूलसी पण्डित
छोराले बयान्नब्बे प्रतिशत ल्यायो भनेर सान्नानी निकै दङ्ग छ । ऊ सोच्छे मेरो छोरो पढ्नमा निकै तगडा रहेछ । यस्तैमा उ सँग सुलोचनाको भेट भयो । सुलोचनाले भनिन् ।
“सान्नानी तिम्रो छोरो कहाँ पढ्छ ?” “मेरो छोरो बोडिङ पढ्छ । बोडीङ्ममा अति राम्रो पढाई हुने रहेछ । अहिले छोराले बयान्नब्बे प्रतिशत ल्याएर पास गर्यो । त्यहाँ पढेका उसका साथीहरुले पनि नब्बे प्रतिशत भन्दा घटी कसैले ल्याएका छैनन् । तर के गर्ने बोडीङ्ममा धेरै खर्च लाग्ने रहेछ । पढाउनै गाह्रो हुने ।”
“मैले सुरुबाटै छोरोलाई स्कूल पढाएँ । साठी प्रतिसत भन्दा माथि कहिल्यै ल्याउँदैन। त्यति थोरै प्रतिशत ल्याउँदा पनि ऊ जान्नी नै छ । अझ तपाईको बाबुले त्यति धेरै प्रतिशत ल्याउँदा कति जान्ने छ होला है ।”
“हाम्रो छोराले बोडीङ्ममा पढे देखि नब्बे प्रतिशत भन्दा घटी कहिल्यै पनि ल्याएन । अहिले तीन कक्षामा पास भयो ।अब स्कूलमा लगेर भर्ना गरिदिन्छु । अनि स्कूलमा सधै फस हुनेछ ।”
“सर मैले बाबुलाई यहाँ भर्ना गर्न ल्याएको छु ?”
“ल धन्यवाद हजुरलाई । बाबुको प्रमाणपत्र ल्याउनु भएको छ ।”
“ल्याएको छु सर यि प्रमाणपत्रहरु । बाबुले बयान्नब्बे प्रतिशत ल्याएको छ ।”
“हामी बाबुको जाँच लिन्छौ । त्यसपछि भनौला उसलाई कतिमा राख्ने भन्ने कुरा ।”
“हुन्छ सर ।”
“ल तपाईको बाबुले जाँच दियो । पढाइमा धेरै कमजोर छ । तपाई आफैँ कापी हेर्न सक्नुहुन्छ ।उसलाई कक्षा चारमा भर्ना गर्दा उसको पढाई निकै कमजोर हुदै जान्छ । यदि उसलाई राम्रो बनाउन चाहनुहुन्छ भने दुई कक्षामा भर्ना गर्न ठिक हुन्छ । ”
“सर मेरो छोराले बोडीङ्ममा बयान्नब्ने प्रतिशत ल्याएको हो कसरी ऊ दुई कक्षामा भर्ना गर्न योग्य भयो ।”