प्रश्नमाथि प्रश्न


निमा छिरिङ भोटिया
जलढाका कालेबुङ
भारत

“आमा ____!
ज्ञानी हुनु धेरै धेरै पढ्नु पर्छ ___?”
छोरीको यस्तो प्रश्नलाई आमाले भन्छिन् ___”हो नि छोरी नानु। पढनु पर्छ। पढेर ज्ञानी मात्र होइन नि।बुझ्ने,सम्झदार अनि अरूलाई पनि बुझाउँने,सम्झाउने हुनुपर्छ नि।”
“ए नि आमा __! तर कति पढ्नु पर्छ। यसको लागि ___?”
छोरीको प्रश्नलाई अझ सजिलो बनाउँदै उ बोल्छिन् ___”
अहिले तिमी जुन कक्षामा छौ। यस्तै एक दुई तीन गर्दै सालैपछि बढ्दै सफल हुँदै जानु पर्छ नि। त्यो बेलासम्म तिम्रो बुद्धि पनि पलाउँदै जान्छ नि __!”
“अपुई आमा ____!
बुद्धि पनि पलाउँछ_____?
कसरी पलाउँछ ____?”
छोरीको प्रश्नमाथि प्रश्न त्यो पनि अचम्मको प्रश्नहरूले उनी छक्क पर्छिन्। उनी मन मनै सम्झन्छिन् ___”यस्तै हो नानीहरूको आनीबानी। उनीहरू हरेक कुराहरूको विषयमा जान्न मन पराउँछन्। यसैले मैले छोरीलाई उसको बुद्धको बनेर बुझाउन पर्छ।”
यस्तैमा छोरी सोध्छिन् ___”कसरी पलाउँछ बुद्धि भनेको ___?”
“बुद्धि पलाउँछ भनेको छोरी अरू कुराहरू जस्तै होइन नि। तिमी जति ठूली हुँदै जान्छेउ। तिमीमा उति नै जान्ने ज्ञान बढ्दै जान्छ। अहिले त तिमी सानी  सात बर्षकी छेउ । तर जब तिमी बाह्र तेह्र वर्षकी हुन्छेउ नि। त्यो बेला तिमीलाई महशुस हुन्छ नि छोरी।” भनेर उसलाई बुझाउछिन् उनी।
आमाको कुरा सुनेर उ भन्छिन् ___”उसोभए म कहिले बाह्र तेह्र वर्षकी हुन्छु आमा ___?”
छोरीको प्रश्नमाथि प्रश्न थपेको देखेर उनी छक्क पर्छिन् ___अनि उनी आफूलाई आफैँ भन्छिन् -सायद नानीहरू भनेको सबैको यस्तै होला भनेर उनी चुपचाप हुन्छिन्।