
पुण्यप्रसाद घिमिरे
दाेलखा
प्रश्नः
सुँडमा के ल्यायौ मौरी, सुँडमा के ल्यायौ ?
रुखमा आयौ भुरुरु चरी, गुँडमा के ल्यायौ?
पानीमा केल्यायौ नदी, पानीमा के ल्यायौ ?
किरणसँगै झुल्के घाम, विहानीमा के ल्यायौ?
उत्तरः
सुँडमा मह छ नानी, सुँडमा मह छ,
चुच्चामा चारा छ नानी, गुँडमा सह छ।
तिर्खा पानी के ल्याउँ नानी, सलल आएको,
अँधेरो चिरी उज्यालो पार्न प्रकाश छाएको।
प्रश्नः
डोकामा के ल्यायौ आमा, डोकामा के ल्यायौ?
गाँठा र गुँठ िपटुकी कसी पोकामा के ल्यायौ?
कक्षामा के ल्यायौ गुरु, कक्षामा के ल्यायौ?
अज्ञानीलाई ज्ञानी बनाउन, रक्षामा के ल्यायौ?
उत्तरः
भोकै छ मने डोकामा हेर, घाँस र स्याउला,
फुकाई हेर पोका र पोकी, चाखेर थापाउला ।
ज्ञान र गुन सिकाउन ल्याएँ, चित्र र सामान,
नाच्दै गाउँदै सिकौला तिमी, अश्चर्य नमान।





