फागुन गुन लाएन बैगुन पनि छैन क्यै
लान्छ रे शिशिर फागुन् बिदाइ गर्दिनु सवै
मधुसूदनप्रसाद धिमिरे
लाेला बनाएर नखेल्नु भाइ
दिदी र बैनी अनि बुझ दाइ
साथी मिलेरै धर भित्र खेल्नु
कर कापमा काेहि कहिँ नखेल्नु।
हाेली मनाएर बसेका साथी
आफन्तसङ्गै मिलि खेल्न जाति
कर कापमा रङ् र पानी छ्यापे
हुँदैन आफन्त यति जानि राखे।
धाउ खटीरा राेग लाग्न सक्छ
फाेहर् र पानी दूर गर्नु पर्छ
राताे अबिर् खेल्नु हाेली मनाइ
आफन्त मान्छे सहपाठी लाई।
बिदा दिएकै दिन मात्र खेल्ने
लुकि छिपि अरु दिन् नखेल्ने
संस्कारकाे मान गरेर हामी
गराैँ रमाइलाे साथी मिलेर हामी।
प्रल्हादलाई पनि पाेल्न लाग्दा
हिरण्यकश्यपकी थी बैनी हाेलिका
पाेलेन आगाेले प्रल्ल्हाद लाई
भइ खरानी हाेलिका जलाइ।
जित्याे त सत्य बिलायाे असत्य
यहि भएरेै हाेलीकाे भाे महत्व
प्रल्ल्हाद ऐलेनि जिवन्त पात्र
पालन् गरे नियम छात्र छात्रा।