कविता “फूलबारीका फूल” By सारथि बाल पत्रिका - February 9, 2025 363 Share Facebook Twitter WhatsApp दुर्गा पौडेल देशरुपी फूलबारीका हामी अनेक फूल भाषा अनेक भेष अनेक मिलेका छाैँ खुब। गर्दैनाैँ है हामी कैल्यै एक अर्काकाे लालच पाखुरीकाे बलमा खान्छाैँ गरि खेतमा मलजल। गरे काम सुन फल्छ आफ्नै खेत् बारीमा आफ्नै पाैरख खाएर नै रम्छाैँ फूलबारीमा।