विष्णु भण्डारी आचार्य
बेलबारी माेरङ
फूलबारीमा फुरफुर गर्ने,
कति राम्री पुतली
राता,नीला, हरिया, पहेँला
तीनका राम्रा पखेटा
नचाउँदै कति राम्रो,
गर्छिन् यताउता
कहिले यो फूल,
कहिले त्यो फूल
रमाउँदै डूल्छिन् ।
मिठो मिठो बास्नामा,
सधैंभरी भुल्छिन् ।
फूलको रस चाख्दै,
चाख्दै, सबैतिर पुग्छिन्
दुःख फिक्री केही लिन्न,
सधैं खुसी हुन्छिन् ।
मलाई पनि पुतली झैं,
डूल्ने रहर लाग्यो ।
रमाउँदै खेल्ने
कस्तो रहर जाग्यो ।
आउ साथी आऊ,
हामी पनि पुतली झैं,
खेल्दै, कुद्दै रमाऊँ
एउटाले अर्काको,
मिली हात समाऊँ ।
खुसी भई एकैसाथ,
सबले ताली बजाऊँ
हा…….हा…..हा………