“फूल बन्ने मन”

पुण्य घिमिरे
बैत्यश्वर-६, दाेलखा

बगैंचाका फूल, रङ्ग मलाई देऊ,
हावा साथै नाच्ने, ढङ्ग मलाई देऊ ।
जरा काण्ड पात, अङ्ग मलाई देऊ,
बाबा आमा साथी, दङ्ग बनाईदेऊ ।

हर भाँचि दिन्छु, हावासँग सरर,
सुगन्धित बास्ना, वरिपरि हरर ।
पात घुम छाता, छेक्छु दर्के दरर,
उडाउँछू पुतली, आफैं माथि फरर ।

सयपत्री गुलाव, थुँगा थुँगा फुल्नेछु,
जाईजुई सुनाखरी, लहरामा झुल्नेछु ।
ढकमक फुलेर, संसारलाई भुल्नेछु,
कुहिराेमा रूनेछु, घामलाग्दा खुल्नेछु ।