फूल हेर कति सुन्दर

दुर्गा पौड्याल
शंकरनगर

फूल हेर कति सुन्दर,
बास्ना उस्तै मिठाे
मलजल र गाेडमेल गरे
हुर्किन्छ त्याे छिटाे ।
कसैसँग वैरभाव
राख्दैन उ केही
आफु हाँसे हाँसिदिन्छ,
माग्दैन उ केही।
मान्छे जस्ताे बहुरुपी
बन्दैन उ कैल्यै
छलकपट भेदभाव
गर्दैन उ कल्यै।
ठूलाे सानाे धनी गरिब
छुट्याउन्न केही
उसकालागि सबै एकै
फरकछैन केही।
घमण्डी नि कत्ति छैन,
छैन तडक भडक
फुल्ने उसकाे धर्म नै हाे
फुलिदिन्छ ढकमक।
मान्छे नै हाे कपटी र
अहँकारी डाढी
भित्रि रुप अर्कै उसकाे,
बाहिरी अर्कै पारी।
फूलबाट सिकेहुन्थ्याे
मानिसले ज्ञान
फूलजस्तै बने मान्छे,
बढ्छ उसकाे सान।