सरिता पराजुली
चन्द्रागिरि-१५,काठमाडाैं
फूलबारीमा फुलेका छन् फूल थरिथरि
ती फूलले हेर्ने गर्छन् मलाई घरिघरि
कहिले भन्छन् गाेडमेल गर्न आइदेऊ
मलाई डस्ने झारपात सबै फालिदेऊ ।
कहिले भन्छन् रूखाे भयाै मल हालिदेऊ
कहिले भन्छन् प्यास लाग्याे जल राखिदेऊ
जिङ्ग्रिङ्ग छन् हाँगाहरू काट्न पाए राम्राे
चिरिच्याट्ट परि बस्ने जिन्दगी हाे हाम्राे ।
मुस्कुराई सधैंभरि खुसी बाँडिदिउँला
तिम्राे घर आँगनीमा सधैं हाँसिदिउँला
मलाई माया गर्नेसँग माया गाँसिदिउँला
पूरै जीवन तिम्रैलागि भनी साँचिदिउँला ।
मलाई तिमी साथी भन वास्ना छरिदिन्छु
वागभरि रङ्गिला ती फूल फुलिदिन्छु
आकाशका तारालाई यही झारिदिन्छु
रात पनि दिनजस्ताे लाै है पारिदिन्छु ।