
कमला घिमिरे अधिकारी
लमजुङ, बेसीशहर
हाल: टोखा, काठमाडौं
लामो रहेछ पुच्छर
मान्छेको झैँ मुख
भर्याङ चढे जसरी
चढ्दो रहेछ रुख
साना साना हात खुट्टा
सानै रहेछ जिउ
बदमासमा नम्बर १
जानि, बुझि लेउ
सुन सुन साथीहरु
बाँदर यस्को नाम
भत्काउने र बिगार्ने
गर्दोरहेछ काम
रुख माथि हेर त
उफ्रि आएछ
बगैँचाको फलफुल
छान्दै खाएछ
आँप फल्यो लटरम्म
पाक्यो पहेँलै
हाँगा हाँगै उफ्रियो
झार्यो बरर्रै
धपाउन जानेलाई
थाल्यो झम्टन
कसरी हो भगाउने
लौ न भन न
अघाउन्जेल खान्छ
अरु भुईँमा झर्दिन्छ
हाँगा भाँच्छ काँचो फल
नाश पार्दिन्छ
सानो मान्छे देख्यो भने
खोज्छ झम्टन
ठुला मान्छे देख्यो भने
भाग्छ फनन
एक्लै एक्लै गएर
नजिस्क्याउनु है
चिथोरेर घाउ नै
पार्न सक्छ है।





